×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब विश्वभरबाट नेपाली संचार माध्यममा प्रत्यक्ष विज्ञापन गर्न पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब विश्वभरबाट नेपाली संचार माध्यममा प्रत्यक्ष विज्ञापन गर्न पाईने

Artha Sarokar

१८ पुष २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – वेलकम एडभर्टाईजिङ् र एडस्टार्टरले हालसालै रणनीतिक साझेदारी कायम गर्ने उद्देश्य सहित एक सम्झौंता पत्रमा हस्ताक्षर गरेका छन् । 
नेपाली संचारमाध्यमहरुमा विज्ञापन बुकिङ/संकलक र प्रसारण/प्रकाशन गर्ने विषय सम्बन्धि उक्त सम्झौंता पत्रमा वेलकम एडभर्टाईजिङ्का अध्यक्ष निर्मलराज पौडेल र एडस्टार्टरका नेपालस्थित कार्यालय प्रबन्ध निर्देशक निरन्जन खनालले हस्ताक्षर गरे ।
यस सम्झौताअनुसार एडस्टार्टरले आफ्नो वेबसाईटमार्फत नेपाल र विदेशमा बस्ने दुबै किसिमका विज्ञापन दाताबाट दिइएको विज्ञापन बुकिङ/संकलन गर्नेछ यसैगरि वेलकमले यस्ता संकलित विज्ञापनहरुलाई नेपालको छापा, टेलिभिजन र रेडियो/एफ.एमहरुमा प्रकाशन/प्रसारण गर्नेछ । 
वेलकमका अध्यक्ष पौडेलले नेपाली बजारमा आफ्नो विज्ञापन गर्न चाहने ब्यक्ति, कम्पनी र विज्ञापन एजेन्सीहरुले लामो समयदेखि बिभिन्न भौगोलिक, ऐतिहासिक र अन्य कठिनाईहरु सामना गर्नुपरेको बताए । उनले यस्ता समस्याहरुलाई निराकरण गरी विज्ञापनदातालाई आफ्नो विज्ञापन लगानीको उत्कृष्ट प्रतिफल दिलाउने हेतुले हामीले एडस्टार्टरसँग रणनीतिक साझेदारी गरेको बताएका छन् ।
यसैगरी एडस्टार्टरका खनाल हालै गरिएको सम्झौताले नेपाल र विदेशमा बस्ने विज्ञापनदाता र नेपाली संचार माध्यमबिच प्रत्यक्ष अन्तरकृया गराई दुबै पक्षलाई ब्यवसायिक लाभ प्राप्त गर्न सहयोग पुग्ने बताउँछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी