×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अरुण तेस्रो जलविद्युतको लागि वित्तीय स्रोत जुट्यो, भारत र नेपालका सात वटा बैंकको ऋण लगानी ! (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
SHREE KESH

अरुण तेस्रो जलविद्युतको लागि वित्तीय स्रोत जुट्यो, भारत र नेपालका सात वटा बैंकको ऋण लगानी ! (भिडियो रिपोर्ट)

२३ माघ २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – संखुवासभा जिल्लामा निर्माणाधिन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको लागि वित्तीय स्रोत जुटेको छ । ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजीमा निर्माण गर्न लागिएको परियोजनाका लागि वित्तीय स्रोत जुटेको एसजेभिएन अरुण तेस्रो पावर डेभलोपमेन्ट कम्पनी प्रा. ली.ले जनाएको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरी जलविद्युत कम्पनीले वित्तीय स्रोत जुटेको जानकारी दिएको हो । 
परियोजनामा कुल १ खर्ब ४४ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । लगानी बोर्डले बुधबार वित्तीय व्यवस्थाको स्वीकृति दिएपछि लगानी रकम जुटेको हो । जलविद्युत परियोजनामा भारतको स्टेट बैंक आफ इण्डिया (एसबिआई)को नेतृत्वमा वित्तीय स्रोत व्यवस्थापन भएको हो । जसमा एसबिआईसँगै भारतका पञ्जाब नेशनल बैंक (पिएनबी), एक्जिम बैंक आफ इण्डिया, कानरा बैंक र युनियन बैंकले कुल ८५ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानी गरेका हुन् । त्यस्तै नेपालको एभरेष्ट बैंकले १० अर्ब २० करोड रुपैयाँ र नबिल बैंकले ५ अर्ब १२ करोड रुपैयाँ लगानी गर्ने भएका हुन् । नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले जलविद्युत अयोजनाको वित्तीय व्यवस्थापन पुरा नहुँदै निर्माणको काम शुरु भइसकेकाले विश्वास बढेको बताउनुभयो ।
लगानी बोर्डको संयोजनमा निर्माण भइरहेको यो परियोजना सन २०२३ भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । विदेशी लगानीमा निर्माण गर्न लागिएको यो परियोजनामा भारत र नेपालका गरी सात वटा बैंकले ऋण लगानीको सम्झौता गर्ने बताइएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: