काठमाडौँ । प्रधानमन्त्रीको केक काण्ड अहिले चर्चामा छ । चर्चा यतिसम्म छ कि फेसबुक र ट्वीटरमा यो फोटोले निकै स्थान पाएको छ । अधिकांसले यसको विरोध गरेका छन् भने कहिले अन्य देशमा पनि देशको नक्सा र झण्डाको केक काटिने गरेको भन्दै तर्क गरेका छन् । तर सत्य यहि हो कि, नेपालीलाई त्यो पच्दैन । नेपालीलाई देशप्रति गरिएको यस्तो भद्दा मजाक पच्ने कुरा पनि होइन ।
आखिर कसले बनाएछ त यस्तो केक ?
प्रधानमन्त्रीका लागि आठराई गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर केक लगिएको थियो । र सोहिबेला यहि केकको भिडियो खिचिएको रहेछ । भिडियोमा बडेमानको केक प्याक गरिएको छ। त्यसमा लेबल पनि प्रष्टै देखिन्छ। यो बेकरी बालुवाटारको चिनियाँ दूतावासअगाडि छ । यो केक पसलले थ्री डी केकहरु बनाउने गरेको छ । तपाईंले अश्लील खालको आकारसहितको केक बनाउन दिए पनि उसले बनाइदिने गरेको छ । केहि दिन अघि काठमाडौँमा एक ग्राहकले आफ्नो एनिभर्सरीमा अश्लील खालको केक बन्छ भनेर सोध्दा उक्त पसलले बन्छ भनेको थियो ।