×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संयोग वा अरु केहि ? उता दोलखा भिमसेनलाई पसिना आयो, यता सञ्चारमन्त्रीको काण्ड आयो !

PRIME CA
GLOBAL IME BANK

संयोग वा अरु केहि ? उता दोलखा भिमसेनलाई पसिना आयो, यता सञ्चारमन्त्रीको काण्ड आयो !

८ फाल्गुन २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । दोलखा बजारस्थित भीमेश्‍वरको शीलामा ‘पसिना’ आएको भन्दै मन्दिर परिसरमा दर्शनार्थीको भीड लागेको छ । बिहीबार बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्‍वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्‍न थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताएका छन् । पसिना आउनेक्रम करिब ८ बजेर २० मिनेटसम्म रहेको उनले बताए । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्‍न थालेको अवस्थालाई ‘भीमेश्‍वलाई पसिना आएको’ भन्ने गरिन्छ। 
पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ पुर्‍याउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ पुर्‍याइन्छ । वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्‍वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष पुर्‍याउन थालिएको हो । त्यो चलन कायमै रहेकाले अब पनि त्यसै गरिने वडाअध्यक्ष श्रेष्ठले बताए। पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको समाचारहरु छापिएका छन्। १९९० सालपछि कम्तीमा १५ पटक पसिना आएको अभिलेख भीमेश्‍वर मन्दिर व्यवस्थापन समितिसँग छ।
दोलखा भिमसेनलाई पसिना आएपछि देशका लागि अशुभ हुने विश्वास धेरैले लिने गरेका छन् । उता दोलखा भिमसेनलाई पसिना आएकै समयमा यता सञ्चारमन्त्रीको घुस काण्ड आउनुलाई यसलाई अर्थपूर्ण रुपमा हेर्ने हरु पनि छन् । कतिपयले भने यसलाई अन्धविश्वासमात्र भनेका छन्   
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: