
काठमाडौं – गरिमा विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमासमा ३२ करोड ५५ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
गरिमा विकासको यो नाफा गत वर्षको भन्दा १०.०२% ले धेरै हो । गत वर्ष बैंकले २९ करोड ५८ लाख ६९ हजार रुपैयाँ नाफा कमाएको थियो ।
यस्तै बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि क्रमशः २०.२०% र १०.०२% ले बढेको छ । सार्वजनिक भएको वित्तीय विवरण अनुसार प्रतिसेयर आम्दानी २० रुपैयाँ ७ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ३४ पैसा रहेको छ । रिजर्भ कोषमा ६२ करोड ७४ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
३३ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरेको गरिमाले ३३ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब २३ करोड ८६ लाख ८९ हजार रुपयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्