काठमाडौँ । बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको पुस्तक बिमोचन कार्यक्रम थियो । बैंकरहरुलाई गाह्रो नपरोस् भनेर छुट्टै पासको व्यवस्था गरिएको थिएन । त्यहि भीडमा एक जना कैलाश बिकास बैंक पीडीत व्यवसायी थिए । विशेष पासको व्यवस्था नभएकाले उनी सहजै कार्यक्रमस्थल पुगे ।
निर्धारित समयभन्दा केहि ढिलो गरी कार्यक्रम सुरु भयो । प्रधानमन्त्री कार्यक्रम स्थलमा आइपुगे र कार्यक्रम सुरु भयो । डेपुटी गभर्नर चिन्तामणिशिवाकोटीले लेखेको पुस्तक पनि सार्वजनिक भयो र प्रधानमन्त्री ओलीले पनि लामै भाषण गरेपछि कार्यक्रम समापन भयो । आफ्नो भाषण सकिएपछि प्रधानमन्त्री हिड्न मात्र के लागेका थिए, ‘उताबाट व्यवसायी रेशम राज पन्थी प्रधानमन्त्रीलाई ‘नमस्कार’ भन्दै आइपुगे ।

प्रधानमन्त्री ओली पन्थीलाई चिन्दथे । राजनीतिक करियरका क्रममा थुप्रै पटक ओली पन्थीको घरमा बसेका छन् । ‘ओहो नमस्कार पन्थी जी’ प्रधानमन्त्रीले पनि पूरानै चिनजानको शैलीमा उत्तर फर्काए । सँगै गएकी पन्थीकि छोरीसंग पनि प्रधानमन्त्रीले केहि सम्बाद गरे । यहि बीचमा रेशम राज पन्थी बोले, ‘मलाई त कैलाश बिकास बैंकबाट ठुलो अन्याय भयो । मलाई लुटियो ।’ शिवाकोटीलाई इंकित गर्दै उनले भने, ‘यिनीबाट न्यायको अपेक्षा थियो । तर राष्ट्र बैंक र कैलाश बैंक मिल्दारहेछन् । मलाई डुबाए ।’
प्रधानमन्त्री अलि मलिन देखिए । ‘के भएको हो निवेदन छोडीदिनु म हेर्छु’ भनेर प्रधानमन्त्री बोलेपछि पन्थी खुसी देखिए । अर्कोपटक भेटघातका लागि समय दिन प्रधानमन्त्रीले आफ्ना मान्छेहरुलाई अर्हाए । फोन नम्बर साटासाट भयो र पन्थी फर्किए । प्रधानमन्त्रीले भने अनुसार नै उनले प्रधानमन्त्री कार्यालयमा निवेदन छोडेका छन् । कैलाश बिकास बैंकलाई सीआइबी लगाएर छानविन गर्नुपर्ने उनको माग छ । राष्ट्र बैंक र कैलाश बिकास बैंक उनको प्रकरणमा मिलेको उनको आरोप छ ।


कैलाश बिकास बैंकले मलाई बैंकमा छिर्न समेत दिएन : पन्थी
यता रेशम राज पन्थीले आफुलाई बैंकले बैंकको भवनमा छिर्न समेत नदिएको दावी गरेका छन् । ‘म बैंकमा न्याय माग्न गएको थिएँ । तर बैंकले मलाई भवनभित्र छिर्नसमेत दिएन । मेरो पैसा खाइएको छ । मलाई ठगिएको छ । तर मलाई नै बैंकमा छिर्नसमेत दिइएन । बैंकका सीइओले समेत यो केसमा मिलेमतो गरेका छन् । उनलाई सम्पत्ति सुद्धिकरणले अनुसन्धान गर्नुपर्छ । बैंकका डेपुटी सीइओमाथि पनि छानविन हुनुपर्ने हो । तर राष्ट्र बैंकसँगको मिलेमतोमा मलाई अफ्ट्यारो पारियो ।’ उनले भने । उनले बैंकलाई बुझाउन गएको निवेदन यस्तो थियो :

तर उनलाई बैंकभित्र पस्न पनि नदिएको उनको दावी छ ।

तर उनलाई बैंकभित्र पस्न पनि नदिएको उनको दावी छ ।
बैंक भन्छ, ‘हामीले क्लिन चिट पाइसक्यौं’
यता बैंकले भने आफुहरुले यस विषयमा क्लिन चिट पाईसकेको दावी गर्छ । हुन पनि राष्ट्र बैंकले यस प्रकरणमा विशेष निरीक्षण टोली पठाएर यस विषयमा अनुसन्धान गरेको थियो । र यस प्रकरणमा बैंकको दोष नभएको भनी रिपोर्ट बनाएको थियो । तर रेशम राज पन्थीले भने बैंकको निरीक्षण टोलीले समेत आफुलाई बैंकले फसाएको बताएको तर अन्तिममा बैंक र राष्ट्र बैंकको मिलेमतोमा बैंकलाई दोषबाट उम्काइएको दावी गरेका छन् । ‘मैले बैंकमाथि सीआइबी लगाएर छानविन हुनुपर्यो भन्ने माग गरेको छु । यति हुन सक्यो भने बैंकका थुप्रै आर्थिक अपराध बाहिर आउनेछन् । तर राष्ट्र बैंकसेमत कैलाश बिकास बैंकको पछी लागेर मलाई सिध्याएर मसँग लुटिएको रकम भाग लगाउने दाउमा छन्। ‘ उनले आरोप लगाए ।

के थियो घटना ?
कैलाश बिकास बैंकको यो प्रकरणमा रेशम राज पन्थीको करोडौं रुपैयाँ फसेको छ । कानुनलाई टेकेर आफुलाई फसाइएको पन्थीको आरोप छ भने बैंक आफ्नो गल्ती नभएको दावी गरिरहेको छ । यहि विषयलाई लिएर अर्थ सरोकार समूहले विशेष टेलिभिजन कार्यक्रम बनाएको थियो । हेर्नुहोस् भिडियो :
छुटाउनुभयो कि ?
‘चिनियाँले करोड चोर्दा यत्रो हङ्गामा, कैलाश बिकास बैंकका मेनेजरले डेढ करोड ह्याक गर्दा किन चुपचाप ?’
EXCLUSIVE : कैलाश बिकास बैंकमा यसरी भयो करोडौँ हिनामिना, ब्रान्च मेनेजर निलम्बित ! (भिडियो रिपोर्ट)
एकपछि अर्को : कैलाश बिकास बैंकमा राजीनामाको लर्को !
EXCLUSIVE : राष्ट्र बैंकको नियम मिचेर १२.५ प्रतिशतमा डिपोजिट उठाउँदै कैलाश बिकास बैंक ! (प्रमाणसहित)
कैलाश बिकास बैंकको करोडौं ठगेर भागेका बैंकर खनालको जायजेथा रोक्का, अन्य ५ कर्मचारीसमेत निलम्बित !
कैलाश विकास बैंकमा हाकिमहरुको ‘टसल’ : अनियमितताको आरोपदेखि सरुवाको लफडाले जागिर छोड्दै कर्मचारी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्