×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘चिनियाँले करोड चोर्दा यत्रो हङ्गामा, कैलाश बिकास बैंकका मेनेजरले डेढ करोड ह्याक गर्दा किन चुपचाप ?’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

‘चिनियाँले करोड चोर्दा यत्रो हङ्गामा, कैलाश बिकास बैंकका मेनेजरले डेढ करोड ह्याक गर्दा किन चुपचाप ?’

Artha Sarokar

२० भाद्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

गत भदौ १४ गते नेपालका विभिन्न एटिएम ह्याक गरेर चिनियाँहरुले रकम लुट्ने प्रयास गरे । बैंकका कर्मचारीहरुको बठ्याइका कारण उक्त रकम नेपालबाट चीन पुग्न सकेन । अहिले जताततै यहि चर्चा छ । नेपाल राष्ट्र बैंकदेखि आम जनमानसमा यहि हल्लीखल्ली छ । हुन त प्रहरीले लुटिएको रकम पनि जफत गरिसकेको छ।तर पनि भविष्यका अनेक जोखिमहरुको बारे चर्चा अझै पनि चुलिरहेको छ । जताततै एटिएम ह्याकको चर्चा चलेपछि मलाई आज केहि लेख्न मन लागेको छ । ‘चिनियाँ ह्याकरले नेपालको झन्डै डेढ करोड रुपैयाँ ह्याक गर्दा यत्रो चर्चा हुने देशमा मैले कैलाश बिकास बैंकबाट व्यवसाय विस्तार गर्न लिएको डेढ करोड ऋण बैंक मेनेजरले नै ‘ह्याक’ गर्दा भने कैलाश बिकास बैंक चुप छ । नेपाल राष्ट्र बैंकबाट न्याय पाएको छैन । बैंकका सीइओ र अन्य कर्मचारीहरु मेरो पैसा ह्याक गर्नेकै पक्षमा काम गरिरहेका छन् । 

यसरी भयो मेरो पैसा ‘ह्याक’
ऋण लिने प्रक्रियामा मलाई पोखराको लामाचौर शाखाका ब्रान्च मेनेजरले बैंकको कमिसन लगायतका कुरा काट्नुपर्छ भनेर केहि ब्ल्यांक चेकमा हस्ताक्षर गर्न लगाए । पछी पो थाहा पाएँ, त्यो पैसा त उसले अपचलन गरेर प्रयोग गर्न वा मेरो पैसा मलाई नै थाहा नदिइ ह्याक गर्न गरेको रहेछ । बैंकका कर्मचारीले १ करोड १९ लागि ठगी गरेको भन्दै मैले नेपाल राष्ट्र बैंकमा हारगुहार गरेको छु । केहि मिडियाहरुले सहयोग पनि गर्नुभएको छ । तर ‘ह्याकर’हरुले नै चलायेको देशमा हाम्रो के नै चल्दो रहेछ र ? कैलाश बिकास बैंकका लामाचौर शाखाका तत्कालीन शाखा प्रमुखले खाली चेकमा हस्ताक्षर गर्न लगाएर आफ्नो कम्पनीको छाप र हस्ताक्षरसहितको खाली चेक आफैंसँग राखेर आफूलाई जानकारीसमेत नगराइ व्यक्तिगत हिसावले ऋण स्वीकृत गराई रकम हिनामिना गरेका छन् । 
म पोखरामा डेरी फर्म चलाउँछु । व्यवसाय विस्तारका लागि मैले बैंकसँग ५ करोड रुपैयाँ ऋण माग गरेका थिएँ । सोहि अनुसार कैलाश विकास बैंकले स्ट्याण्डर्ड चार्टड बैंकमा रहेको निजको धितो फुकुवा गराउन १ करोड ७५ लाख रुपैयाँ दिएको थियो । यसो त उक्त रकम पनि प्रक्रिया नै नपुर्याई दिएको रहेछ । उक्त रकम बैंकले धितो रोक्का हुनु पूर्व मलाई उपलब्ध गराएको देखियो । बैंकले उपलब्ध गराएको बैंक स्टेटमेन्टअनुसार गत भदौ १३ गते १ करोड ५० लाख रुपैयाँ ऋण लगानी गरेको देखिन्छ । तर तत्कालिन शाखा प्रमुखले ऋण लगानी एक महिनापछि हुने भन्दै आवश्यक प्रक्रियाका लागि भन्दै खाली चेकमा हस्ताक्षर गराउन लगाई चेक र कम्पनीको छाप आफैंसँग राखेका थिए । मेरो एकाउन्ट नै ह्याक गरेर गण्डकी ईन्जिनियरिङका नाममा ४५ लाख, लेकसाईड हार्डवयरमा १३ लाख, सोवित पहारीको नाममा ४ लाख ५० हजार, आर्क दी आर्किटेक्चरको नाममा २० लाख, पन्थी डेरीको नाममा २५ लाख, निशा पन्थीको नाममा ५ लाख विभिन्न समयमा साटिएको देखिन्छ । सबै कुरा स्टेटमेन्ट बोलिरहेको छ। 
म देशमै नभएको बेला आफ्नी छोरीलाई धम्की दिएर समेत विभिन्न ठाउँमा हस्ताक्षर गर्न लगाएको पाएको छु । मेरो खाताबाट रकम बाहिरियो भन्ने जानकारीसमेत मेरो मोबाइलमा वा अन्त कतै पनि आएन । व्यवसाय गर्न म र मेरी छोरीको संयुक्त खाता भएका बेला मेरी छोरीलाई बोलाएर धम्की दिएर विभिन्न ठाउँमा हस्ताक्षर गर्न लगाइएको छ । कहिले पनि व्यावहारिक काम नगरेकी छोरीलाई डेढ करोड फस्ने भो भनी अत्याएर चेकमा हस्ताक्षर गर्न लगाइएको छ । बदनियत बोकेर बैंकले मलाई डुबाउने खेल खेलिएको छ । चीनबाट कम्पनीमा मेसिन भित्र्याउन एलसी खोल्नुपर्ने भएकाले बैंकमा स्टेटमेन्ट हेर्दा मैले आफ्नो खातामा रहेको रकम हिनामिना भएको जानकारी पाएको हुँ । 
किस्ता तिर्ने बेला बैंक अलिकति पैसा दिन्छ, भोलिपल्टै तान्छ !
बैंकले गल्ती स्वीकारेको छ । तर बैंकले काम गर्न दिएको छैन । पैसा हालिदिएका छौं भन्छ तर दोश्रो दिन नै ब्याज भनेर तान्छ । क्वार्टर एण्डको बेला पैसा हल्दिन्छ, भोलिपल्टै तान्छ । मैले काम गर्न पाएको छैन । पैसा चलाउन पाएको छैन । बैंक गल्ती स्वीकार्छ पनि तर मलाई दुख दिइरहेको छ । 
विदेशीले दुख दिनु त संयोग होला, तर स्वदेशीले आफ्नै देशका व्यवसायीहरुलाई दुख दिनु भनेको गलत नियत देखिन्छ । नेपाल राष्ट्र बैंकले यस विषयमा अलि सिरियस हुन जरुरी छ कि ? 

मेरो पीडाबारे विस्तृतमा थाहा पाउन यो भिडियो हेर्नुहोला :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी