×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुमारी बैंकको खुद नाफा १८.७४ प्रतिशतले बढ्दा अन्य सूचकहरुको अवस्था कस्तो ?

PRIME CA

कुमारी बैंकको खुद नाफा १८.७४ प्रतिशतले बढ्दा अन्य सूचकहरुको अवस्था कस्तो ?

२० माघ २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – कुमारी बैंकले आर्थिक वर्ष २०७६/०७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले ८० करोड ३० लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको हो । यो नाफा गत वर्षभन्दा १८.७४% ले बढी हो । गत वर्ष यसैअवधिमा यस बैंकले ६७ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कुमारीले असार मसान्तदेखि पुस मसान्तसम्म निक्षेप ७ अर्ब ४७ करोड रुपैयाँले बढाएर ८० अर्ब ६७ करोड रुपैयाँ पुर्याएको छ। ऋणको बिस्तार भने ७ अर्ब ८० करोडले बढाएर ८० अर्ब ९२ करोड रुपैयाँ छ । यस्तै वितरण योग्य नाफा ६५ करोड ८५ लाख ९४ हजार रुपैयाँ रहेको छ ।
खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवै क्रमशः २०.१५% र १७.२९% ले बढेको वित्तीय विवरणमा उल्लेख छ । बैंकको चुक्ता पुँजी पनि गत वर्षका भन्दा ३३.२७% ले बढेर ९ अर्ब ५५ करोड नाघेको छ ।

रिजर्भ कोषमा २ अर्ब २४ करोड रुपैयाँ रहेको यस बैंकको प्रतिसेयर आम्दानी १ रुपैयाँ ८६ पैसाले घटेर १६ रुपैयाँ ७६ पैसामा कायम भएको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३० रुपैयाँ ६४ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: