×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि छोडिन्न : मन्त्री अर्याल (भिडियो रिपोर्ट)

GLOBAL IME BANK
SHREE KESH

सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि छोडिन्न : मन्त्री अर्याल (भिडियो रिपोर्ट)

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने बताउनुभएको छ । काठमाण्डौ महानगरपालिका वडा नम्बर ३१ (साविकको वडा नम्बर १०) अन्तर्गतको जग्गामा सरकारी बोर्ड गाडेपछि प्रतिक्रिया दिँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो । मन्त्री लर्यालले सार्वजनिक तथा सरकारी जग्गा व्यक्ति विशेषको मनाउने दुषित मनसायका आँखा लगाउने कुरा सैह्य नहुने उहाँले बताउनुभएको हो । 
अहिलेसम्म सरकारले देशका विभिन्न स्थानमा २ सय ६४ बिघा जमिन व्यक्तिका नामबाट सरकारको नाममा दर्ता गरिसकेको उल्लेख गर्दै अर्यालले आइतबार उपत्यकाका तीन स्थानमा अतिक्रमणमा परेको जग्गामा सरकारी बोर्ड गाडिने बताउनुभयो । डिल्लीबजार मालतपोत कार्यालय अन्तर्गत रहेका सरकारी जग्गा एकिन भएको र अन्य ४ वटा वडाहरुमा पनि प्रोफइल बनाउने काम सरकारले सम्पन्न गरेको उहाँले बताउनुभयो । लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उहाँले बताउनुभयो ।
मन्त्रालयले आइतबार काठमाडौं महानगरको वडा नम्बर ३१ मा रहेको कित्ता नम्बर ३७६, १८, ३७५, २८६, २८८ गरी कुल ५ हजार ३ सय ४७ दशमलव ५१ वर्ग किलोमिटर अतिक्रिमित जग्गामा सरकारी बोर्ड राखिएको हो । मन्त्री अर्यालले आफैले उक्त जग्गामा सरकारी बोर्ड गाड्नुभएको थियो । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: