×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मेनेजरलाई काट्छु’ भन्दै नेपाल बैंकमा खुकुरी बोकेर जाने गजेन्द्र को हुन् ? ऋण नदिएको पीडाको कि नपत्याएको झोक ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मेनेजरलाई काट्छु’ भन्दै नेपाल बैंकमा खुकुरी बोकेर जाने गजेन्द्र को हुन् ? ऋण नदिएको पीडाको कि नपत्याएको झोक ?

Artha Sarokar

४ फाल्गुन २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

हेटौँडा । मोफसलमा रहेका बैंकक शाखा कति सुरक्षित छन् त ? भन्ने प्रश्न उठिरहेका बेला हेटौँडाको नेपाल बैंकमा म्यानेजरलाई काट्छु भन्दै खुकुरी बोकेर जाने एकजनालाई प्रहरीले पक्राउ गरेको खबर छ । प्रहरीले  खुकुरी लिएर ‘आज म्यानेजरलाई काट्छु’ भन्दै नेपाल बैंकको हेटौँडा शाखामा पुगेका गजेन्द्रराज गिरीलाई पक्राउ गरेको हो ।  हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ चिल्ड्रेन पार्क ठेगाना रहेका गजेन्द्रराज गिरीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
उनी गत फागुन १ गते गरगहना धितो राखेर ऋण माग्न आएका थिए । तर उनलाई ऋण नपत्याएको भन्दै उनी सोहि दिन ‘पख म देखाईदिन्छु’ भन्दै बैंकबाट निस्किएका थिए । त्यसको भोलिपल्ट उनी बा ५ प २६२५ नम्बरको कारमा खुकुरीसहित बैंक आएका थिए । प्रहरीले उनको कारबाट १६ इन्चको सिरुपाते खुकुरी, चक्कु, यौन उत्तेजना बढाउने भियग्रालगाएतका सामाग्री समेत बरामद गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी