
काठमाडौँ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) खेम प्रसाद नेपालसहित १६ जना प्रहरी निलम्बनमा परेका छन् ।
गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ख ४९३२ नम्बरको कन्टेनर चेकजाँच गर्ने चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन बरामद गरी उनीहरुले लुकाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सिफारिसमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई निलम्बन गरेको हो ।
अख्तियारका अनुसार उनीहरुले सुन तस्करीमा संलग्न चालकलाई सो सुन लिएर छोडेको र उक्त सुन आवश्यक कानूनी प्रकृयाको लागि सम्बन्धित निकायमा बुझाउनु पर्नेमा आपसमा बाँडफाँड गरेको जनाएको छ ।
निलम्बनमा परेका प्रहरीहरुको नामावलीः
१. प्रहरी निरीक्षक खेमप्रसाद नेपाल
२. प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली
३. प्रहरी सहायक निरीक्षक रामशरण कुमाल
४. प्रहरी हवल्दार रामशरण रिमाल
५. प्रहरी हवल्दार पुरुषोत्तम खत्री
६. प्रहरी हवल्दार रामकाजी लामा
७. प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ
८. प्रहरी जवान शिवनारायण चौधरी
९. प्रहरी जवान भविलाल रुम्बा लामा
१०. प्रहरी जवान रामचन्द्र वि.क.
११. प्रहरी जवान रिता चौधरी
१२. प्रहरी जवान मनोज आले
१३. प्रहरी जवान छेक्यु डोल्मा मोक्तान
१४.प्रहरी जवान ताराबहादुर प्रजा
१५. प्रहरी जवान युवराज खरेल
१६. प्र.का.स.हरिबहादुर श्रेष्ठ
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्