×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल एसबीआई बैंकको भएन प्रगति, खुद नाफा २.१५ प्रतिशतले गिरावट !

काठमाडौं – नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको खुद नाफा १ अर्ब ७ लाख ५१ हजार रुपैयाँ कमाएको रिपोर्ट सार्वजनिक गरेको छ । यो नाफा गत वर्षको तुलनामा २.१५% ले कम हो । गत वर्ष बैंकले १ अर्ब २ करोड २७ लाख ९० हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यो त्रैमाससम्ममा बैंकले ७३ करोड ६६ लाख ५५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । 
यस्तै, बैंकको खुद ब्याज आम्दानी ३.९५% ले घटेर २ अर्ब १० करोड १७ लाख रुपैयाँमा खुम्चिएको छ ।  गत वर्ष बैंकले २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।  यस्तै, सञ्चालन नाफा पनि १ अर्ब ४२ करोड ८८ लाख रुपैयाँबाट घटेर १ अर्ब ४१ करोड ३४ लाखमा झरेको छ ।
यो पुस मसान्तसम्म बैंकले १ खर्ब ४ अर्ब ६४ करोड निक्षेप संकलन गरी ९४ अर्ब २३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ४ अर्ब १० करोड ५१ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ५२ पैसा घटेर २३ रुपैयाँ ६९ पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १६८ रुपैयाँ ४० पैसा रहेको विवरणमा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: