×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित पुस्तक विमोचित, २७ तस्विरमा हेर्नुहोस् कार्यक्रमको रौनक (फोटो फिचर)

 काठमाडौँ । डेपुटी गभर्नर शिवाकोटीद्धारा रचित पुस्तक विमोचित भएको छ । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच उनको पुस्तक प्रधानमन्त्री केपी शर्मा ओलीले विमोचन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रधनमन्त्री ओलीले ध्वस्त भएको अर्थतन्त्रलाई माथि उठाउन सरकार सफल हुँदै गएकोसमेत दावी गरेका थिए । ‘देशको अर्थतन्त्र भत्किएको छ, देशकै अर्थतन्त्र ध्वस्त छ, देशकै जनजीवन अस्तव्यस्त, गरिबीले जिर्ण बनाएको छ ध्वस्त बनाएको छ देशकै अर्थतन्त्र, यसलाई उठाउन अहिले हामीले उच्च आर्थिक वृद्धिदर हासिल गरेका छौं ।’ उनले भने । 
कार्यक्रममा गभर्नर डा. चिरन्जीबी नेपालले नेपालको अर्थतन्त्र वित्तीय प्रणालीसँग जोडिएका समसामयिक विषयवस्तुबारे लेखिएका विष्लेशणात्मक लेखहरु पस्तकमा रहेकोले वित्तीय क्षेत्रको लागि महत्वपूर्ण हुने बताएका थिए । उनले वित्तीय प्रणालीको वर्तमान अवस्था र भावि कार्यदिशा तर्फको बहसलाई पुस्तकले उजागर गरेको समेत बताउनुभयो । उहाँले वित्तीय साक्षरता, वित्तीय पहुँच, समावेशिकरण लगायतको सामुहिक बहस पुस्तकमा समावेस गरिएकोले बैंकिङ क्षेत्रको विकासमा महत्वपूर्ण हुने बताए । 
यता डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले मुलुकको समृद्धि र अर्थतन्त्रका सूचकहरु सकारात्मक रहेको अवस्थामा आफुले विभिन्न समयमा लेखेका लेखहरु महत्वपूर्ण हुने अपेक्षासहित पुस्तक प्रकाशित गरेको बताए । 
पुस्तकमा २०५० साल जेठ देखि २०७६ मंसिर सम्म विभिन्न सञ्चार माध्यममा प्रकाशित भएका तीन दर्जन लेखहरु समावेस गरिएको छ । कार्यक्रममा डेपुटी गभर्नर शिवाकोटीद्धारा लिखित ‘समृद्ध नोपल, सुखी नेपाली’ बोलको गीत समेत विमोचन गरिएको थियो । 
प्रधानमन्त्रीको कार्यव्यस्तताले केहि  ढिलो सुरु भएको कार्यक्रमको रौनक भने हेर्न लायक थियो । त्यहि रौनकलाई अर्थ सरोकारकर्मी रेखा चन्द र मुना तामाङले तस्विरमा उतारेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: