×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

स्वावलम्बन लघुवित्तको दोस्रो त्रैमासको वित्तीय विवरण, खुद नाफा ५३.८२%ले वृद्धि हुँदा रिजर्भ कोष पनि मजबुत !

काठमाडौं – स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको अधिकांश सूचकमा आकर्षक वृद्धि भएको छ । संस्थाको खुद नाफा ५३.८२%ले बढेर २६ करोड ४४ लाख ८७ हजार रुपैयाँ कमाएको रिपोर्ट प्रकाशित भएको छ । गत वर्षको यहि अवधिमा संस्थाले खुद नाफा १७ करोड १९ लाख ४४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
यस्तै, संस्थाको खुद ब्याज आम्दानी २७.६९%ले बढेको छ ।  गत वर्ष ५० करोड ५२ लाख ६३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाले यो वर्ष बढाएर ६४ करोड ५२ लाख १६ हजार रुपैयाँ पुर्याएको छ । यता, गत वर्ष २६ करोड ९१ लाख ७६ हजार रुपैयाँ सञ्चालक नाफा रहेको यस वर्ष ५५.९६% ले बढाएर ४१ करोड ९८ लाख २१ हजार रुपैयाँ पुर्याउन कम्पनी सफल भएको छ ।
चुक्ता पुँजी ७९ करोड २३ लाख ९९ हजार रुपैयाँ रहेको स्वावलम्बनको रिजर्भ कोषमा १ अर्ब २८ करोड ९ लाख रुपैयाँ छ । पुससम्म ८ अर्ब ५७ करोड २९ लाख ५२ हजार रुपैयाँ निक्षेप संकलन गरेको यस कम्पनीले १५ अर्ब ५५ करोेड ८५ लाख ७५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
खराब कर्जा भने थोरैले बढेर १.३७% पुगेको छ । गत वर्ष खराब कर्जा १.०३% रहेको थियो । स्वावलम्बनको प्रतिसेयर आम्दानी ६६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ २६१ रुपैयाँ ६४ पैसा रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: