Skip to content
LAXMI SUNRISE BANK

मापसे चेकिङ अनिश्चितकालका लागि स्थगित

अर्थ सरोकार

काठमाडौं – नेपाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ अनिश्चितकालको लागि स्थगित गर्ने भएको छ । प्रहरीले  चालकहरुलाई गरिने मदिरा पदार्थ सेवनको चेकिङ  कोराना भाइरसको सन्त्रासका कारण अनिश्चितकालका लागि स्थगित गरिएको हो ।
सवारीसाधनका चालकहरुलाई प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । तर पनि प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छन् । प्रहरीले चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा  मेसिन लगाएर मापसे चेकिङ नगरी अस्पतालमा लगेर चेकिङ गरिने छ । यो मापसे चेकिङ कोरोना भाइरस फैलन सक्ने डरको कारण रोकिएको हो ।
प्रहरीले असहज अवस्थामा चालकहरुले यसरी मदिरा पदार्थ सेवन गरेर सवारी नचलाउनेमा सचेतना अपनाउन आग्रह गरेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK