×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या २१८ पुग्यो, २४ घण्टामै ६३ जनाले ज्यान गुमाए

PRIME CA
GLOBAL IME BANK

कोरोनाको कहर : अमेरिकामा मृत्यु हुनेको संख्या २१८ पुग्यो, २४ घण्टामै ६३ जनाले ज्यान गुमाए

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड(१९ का कारण ज्यान गुमाउनेको २१८ पुगेको छ ।कारोनासँग विषयसँग सम्बन्धित तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटरर्स डट इन्फोका अनुसार पछिल्लो २४ घण्टामा मात्रै ६३ जनाको मृत्यु भएको छ । बिहीबार बिहानसम्म अमेरिकामा कोरानबाट मृत्यु हुनेको जम्मा संख्या १५५ थियो ।
पछिल्लो २४ घण्टाभित्र अमेरिकामा ४ हजार ८९३ जना नयाँ संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म अमेरिकामा कोरोनाको संक्रमण हुनेको जम्मा संख्या १४ हजार ३२१ पुगेको छ । बिहीबार बिहानसम्म संक्रमित हुनेको संख्या ९ हजार ४२८ थियो ।
वर्ल्डो मिटरर्स डट इन्फोको अनुसार अहिले अमेरिकामा १३ हजार ९८२ जनामा कारोको भाइरस सक्रिय रहेको छ । तीमध्ये ६४ जना गम्भीर अवस्थामा छन् । १२१ जना भने पूर्णरुपमा निको भएका छन् । गत डिसेम्बरको अन्तिमतिर चीनको वुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका १ सय ६५ भन्दा बढी मुलुकमा फैलिसकेको छ ।
विश्वमा कोरोना भाइरसका संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार ३३ पुगेको छ । २ लाख ४४ हजार ९७३ कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमण देखिएकामध्ये ८७ हजार ४०८ उपचारपछि घर फर्किएका छन् भने उपचार गराइरहेका ७ हजार ५१६ जनाको अवस्था गम्भीर छ । – एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: