×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने २३ जना पक्राउ…

PRIME CA
GLOBAL IME BANK

कोरोनाको त्रास : यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने २३ जना पक्राउ…

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – कोरोना भइरसको त्रास बढेसँगै उपत्यका छोडेर घर जानेको संख्यामा वृद्धि भएको छ । सरकारले कोरोनाको जोखिम कम गर्न विभिन्न निकायहरु बन्द गरेसंगै उपत्यका छोडेर घर जानेको संख्यामा वृद्धि भएको हो । 
ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक एक लाख हाराहारीले उपत्यका छोड्ने गरेका छन् । मानिसहरु उपत्यका बाहिरीन थालेसँगै तोकिएको भन्दा धेरै भाडा लिने २३ जनालाई महानगरीय प्रहरी परिसर रानिपोखरीको निर्देशनमा विभिन्न प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । यात्रुहरुसँग तोकिए भन्दा बढी भाडा लिएको अभियोगमा बारा घर भई बल्खु बस्ने ३२ वर्षीय मुकेशप्रसाद साह लगायत २३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बसमा टिकट काट्ने क्रममा तोकिएको भन्दा धेरै भाडा लिएको अभियोगमा पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले विशेष सुचनाका आधारमा उनीहरुलाई तोकिए भन्दा बढी भाडा असुल गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर रानिपोखरीले आफ्नो वेवसाइड तथा आधिकारिक सामाजिक संञ्जालमा उल्लेख गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: