
सुर्खेत : वीरेन्द्रनगर नगरपालिकाले विभिन्न मुलुकबाट हालै फर्केकाहरुको विवरण सङ्कलन गरी निगरानी बढाएको छ । नगरका १६ वटै वडामा पछिल्लो समय भित्रिएका १७२ जनाको स्वास्थ्य अवस्थामाथि निगरानी राखिएको नगरपालिकाले जनाएको छ । विश्वमा कोभिड–१९ महामारीका रूपमा फैलिइरहेका बेला स्वदेश फर्किएका ती नागरिकको नियमित स्वास्थ्य परीक्षण शुरु गरिएको छ । कार्यवाहक नगरप्रमुख मोहनमाया ढकालले छिमेकी मुलुक भारतका साथै दुबई, साउदी अरब, कतार, कुवेत, कोरिया र मलेशियाबाट गरी पछिल्लो समय १७२ फर्किएको जानकारी दिनुभयो । सबै वडाले ती व्यक्तिको विवरण नगर कार्यपालिकाको कार्यालयमा पठाइसकेको उहाँले बताउनुभयो । “तत्काल कुनै स्वास्थ्य समस्या देखिए होम क्वारेन्टाइनमै बस्न अनुरोध गरेका छौँ, अहिलेसम्म कुनै त्यस्तो समस्या देखिएको सूचना प्राप्त भएको छैन्”, कार्यवाहक नगरप्रमुख ढकालले भन्नुभयो, “ती घरपरिवारलाई कोरोना भाइरसबारे सचेतना प्रदान गर्ने गरिरहेका छौँ ।”
नगरपालिकाले मुख्य बजार क्षेत्र रहेका वडाहरुमा दमकलद्वारा ‘डिसइन्फेक्टेट’ छरिरहेको जनाएको छ । सबै स्वास्थ्य संस्थामा न्यूनतम औषधि र स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपीइ) पठाइएको कार्यवाहक नगरप्रमुख ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिका बैठकले लकडाउन अवधिमा खटिने स्वास्थ्यदेखि फोहरमैला व्यवस्थापनका क्षेत्रमा खटिने कर्मचारीलाई श्रेणीअनुसार प्रतिदिन रु ६०० देखि ८०० प्रोत्साहन खर्च उपलब्ध गराउने निर्णय गरेको छ ।
युवकको रिर्पोट नेगेटिभ
कतारबाट यही चैत ४ गते १९ वर्षीया युवतीसँगै काठमाडौँ आइपुग्नुभएका यहाँका एक युवकमा कोरोना सङ्क्रमण नभएको पुष्टि भएको छ । प्रदेश अस्पतालले उहाँको रगत परीक्षणका लागि काठमाडौँ पठाएको थियो । उहाँमा नेगेटिभ रिर्पोट देखिएको अस्पतालले जनाएको छ । हाल ती युवा होम क्वारेन्टाइनमै बसेको बताइएको छ ।
क्वारेन्टाइनमै किरियापुत्री
वीरेन्द्रनगरको होटल क्वारेन्टाइनमै किरियापुत्री बसेका छन् । दैलेख आठबिस नगरपालिका–१ सातलाका देउमले लोहार भाइ पदमको किरिया बस्नुभएको हो । रोजगारीका लागि भारतको हल्द्वानीमा रहनुभएका देउमलेले चैत ११ गते भाइको निधनको खबर पाउनुभयो । पाँच दिन लगाएर सुर्खेत आउनुभएका उहाँ नेपालमा लकडाउनका कारण गड्डाचौकी नाकामा अलपत्र पर्नुभयो । कञ्चनपुरमा दुई दिन क्वारेन्टाइन बसेपछि कर्णाली सरकारले देउमलेसहित ६० जनालाई शनिबार उद्धार गरी सुर्खेतको होटल अशोकामा राखेको हो । क्वारेन्टाइनमा देउमलेसहितका तीन जना आफन्तले जुठो बारेका छन् । उहाँले गाउँमै गएर क्वारेन्टाइन बस्ने व्यवस्था मिलाउन आग्रह गर्नुभएको छ । स्वास्थ्यकर्मीका अनुसार उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्