Skip to content
LAXMI SUNRISE BANK

ब्रोकरको संख्या बढाएर १०० पुर्याउने नेप्सेको तयारी, बजारमा सकारात्मक माहोल बन्ने निश्चित !

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर संख्या थप गर्ने तयारी गरेको छ। नेप्सेले सेयर बजारको विकासका लागि ब्रोकर संख्या थप गर्ने तयारी गरेको हो । हाल ५० वटा ब्रोकर रहेकोमा नेप्सेले बढाएर १०० पुर्याउने तयारी गरेको हो। उक्त संख्या बढाउने विषयमा औपचारिक निर्णय भइसकेको स्रोतले जानकारी दिएको छ। यस सम्बन्धमा धितोपत्र बोर्डमा छिट्टै सिफारिस गरिने समेत स्रोतले जानकारी दिएको छ। 
नेप्सेले पठाएको उक्त सिफारिसलाई अध्ययन गरी बोर्डले थप ब्रोकर लाइसेन्स जारी गर्ने या नगर्ने निर्णय लिने स्रोत बताउँछ । यद्यपि, नेप्सेको यो प्रस्तावको विषयमा हाल संचालनमा रहेका ५० ब्रोकरहरुले भने विरोध गर्दै आएका छन् । यसो त नेपाल धितोपत्र बोर्डले सेयर कारोबारका लागि एकघण्टा थप्ने तयारी पनि गरेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK