×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुटवलमा सरकारको नियम विपरित चल्ने थप २ जना पक्राउ !

PRIME CA

बुटवलमा सरकारको नियम विपरित चल्ने थप २ जना पक्राउ !

अर्थ सरोकार

प्रकाशित मिति : ११ चैत्र २०७६, मंगलवार

बुटवल । यतिबेला सरकारले पुरै देश लकडाउन गरेको छ । सोमबारनै सरकारले निर्णय सार्वजनिक गर्दै सबै जनतालाई घरबाहिर न निस्किन आग्रह गरेकोको थियो । कोरोना भाइरसले विश्वव्यापी रुप लिएपछी सरकारले उक्त भाइरसबाट बच्न विभिन्न कुरा प्रतिबन्ध लगाएको छ । यता कतिपय मानिसहरु भने नियम उल्लंघन गर्दै हिडिरहेको पाइएको छ । 
प्रहरीले लकडाउन उल्लंघन गर्ने दुई जना बुटवलमा पक्राउ गरेको छ । प्रहरीले हेमन्त घिमिरे र नवराज श्रेष्ठलाई बुटवलको राजमार्ग चौरहाबाट नियन्त्रणमा लिएको हो । सडकमा मोटरसाइकल चलाउँदै हिडिरहेका उनीहरुको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
यसअघि पनि चितवनबाट लकडाउन उल्लंघन गरेका ६ जनालाई नियन्त्रणमा लिएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: