×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना भाइरसको त्रास : घर फर्कन टिकट लिनेहरुको बसपार्क र काउन्टरहरुमा भीड (भिडियो रिपोर्ट)

PRIME CA
GLOBAL IME BANK

कोरोना भाइरसको त्रास : घर फर्कन टिकट लिनेहरुको बसपार्क र काउन्टरहरुमा भीड (भिडियो रिपोर्ट)

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम बढेसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको छ । कोभिड -१९ को जोखिम बढेसँगै सरकारले विद्यालय तथा क्याम्पसहरु बन्द गर्ने निर्णय गरेको थियो । सरकारी निर्णयपछि विद्यालयहरु बन्द भएका छन् भने छाड्नेहरुको संख्या बढेको छ । काठमाडौंको गोंगबुमा रहेको नयाँ बसपार्क लगायत अन्य टिकट काउन्टरहरुमा शुक्रबार घर फर्कन टिकट लिनेहरुको भीड लागेको छ । बसपार्क र काउन्टरहरुमा दशैतिहारमा जस्तै टिकट काट्नेहरुको भिड छ । 
बालबालिकाहरुको अन्तिम परीक्षा सकिएको र सरकारले समेत एक महिनाका लागि विद्यालय तथा कलेजहरु बन्द गर्ने निर्णय गरिसकेको छ । लोक सेवा आयोग तथा विश्वविद्यालयहरुले लिने सम्पूर्ण परीक्षाहरु समेत स्थगित भएका छन् । विद्यालय बन्द र परीक्षाहरु समेत स्थगित भएपछि सर्वसाधारणहरु धमाधम उपत्यका छाड्न थालेका हुन् ।

बसपार्कमा टिकट लिने सर्वसाधारणहरुको संख्या बढेसँगै कतिले टिकट नै नपाएको गुनासो गरेका छन् । वैशाख ३ गतेसम्म रुट इजाजत खुला गरेपनि अहिले रिजर्भमा जाने बसहरुले महंगो भाडा लिइरहेको गुनासो सर्वसाधारणले गर्न थालेका छन् । यात्रुहरुबाट बढी रकम असुल गरिएपनि सम्बन्धित निकायबाट अनुगमन नै नभएको गुनासो यात्रुहरुले बताएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: