Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको त्रास : अध्यागमन विभागद्वारा सङ्क्रमण देखिएका ८ देशका नागरिकलाई अन-अराइभल भिसा बन्द (विज्ञप्तिसहित)

अर्थ सरोकार

काठमाडौँ – अध्यागमन विभागले कोरोना भाइरसको सङ्क्रमण धेरै देखिएका विश्वका आठ देशका नागरिकलाई नेपाल प्रवेश गर्न अन-अराइभल भिसा बन्द गरेको छ । विभागले एक विज्ञप्ति जारी गर्दै मंगलबारदेखि बन्द गरेको हो।
अति प्रभावित आठ देश चीन तथा चीन प्रशासित क्षेत्र र इरान, दक्षिण कोरिया, जापान, इटली, स्पेन, फ्रान्स तथा जर्मनीका नागरिकलाई अन-अराइभल भिसा दिन बन्द गरिएको विभागको विज्ञप्तिमा उल्लेख छ। विभागले स्पेन, फ्रान्स र जर्मनीका नागरिकलाई पनि विमानस्थल वा अन्य सिमानाकाबाट अन-अराइभल भिसा नदिइने प्रावधान लागू गरिएको जनाएको छ। 
अध्यागमन विभागको यो निर्णय अनुसार अब उक्त देशका नागरिकले नेपाल आउनुपरेमा कोरोनाको सङ्क्रमण नभएको प्रमाणपत्रसहित सम्बन्धित नेपाली दूतावास वा नियोगमा आवेदन दिनुपर्ने छ। यसैबीच कतारले पनि नेपालसहित १४ देशका नागरिकलाई कतार प्रवेशमा अस्थायी रोक लगाएको छ । 
हाल यो भाइरसबाट विश्वभर १ लाख १४ हजार ४२२ जना संक्रमित भएका छन्। यसमध्ये ६४ हजार ८१ जना बिरामी उपचारपछि निको भएर फर्किएका छन्।  उक्त भाइरसको संक्रमण अहिले ११५ देशमा देखिएको छ।विभागले अन-अराइभल भिसा बन्द गरेसँगै अब अन्तर्राष्ट्रिय विमानस्थलबाहेक कुनै पनि स्थलमार्गबाट पनि उनीहरू आउन पाउने छैनन्।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK