×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिपोर्ट नआउँदै सेती अस्पतालबाट भागेकी सांसद पुन: अस्पताल भर्ना…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रिपोर्ट नआउँदै सेती अस्पतालबाट भागेकी सांसद पुन: अस्पताल भर्ना…

Artha Sarokar

१० चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी – कोरोना भाईरसको संक्रमण भएको आशंकामा सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डबाट भागेकी महिला सांसद पुन: अस्पताल भर्ना भएकी छिन् । शुक्रबार उच्च ज्वरो र रुघाखोकी लागेपछि सेती अस्पताल भर्ना भएकी नेपाली कांग्रेसकी सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापाले अस्पताललाइ कुनै जानकारीनै नदिई भागेकी थिइन् ।  जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनी पुन: अस्पताल भर्ना भएकी हुन् ।

थापाको खकारको नमूना संकलन गरी परिक्षणका लागि काठमाडौँ पठाईएको भएपनि आईतबार दिउँसो चिकित्सकलाई खबर नै नगरी उनी भागेको थिइन् ।  यता सांसद थापाले भने आफु घरमा सुरक्षित रहेको बताएकी थिइन् । तर रिपोर्ट नआउँदै स्वघोषित ठिक छु भन्दै अस्पतालबाट बाहिरिनुलाई धेरैले गलत काम भनेका छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी