
काठमाडौँ । ग्यास पाइएन ? चिन्ता नलिनुहोस्, तपाईंका लागि खुसीको खबर छ । खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बनाउन लागि आइतबारदेखि काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गरिने भएको छ ।नेपाल आयल निगमले ग्यास उद्योग सङ्घको सहकार्यमा काठमाण्डाै उपत्यकाका २५ ठाउँमा अतिरिक्त बिक्री केन्द्र सञ्चालन गर्न लागेको जनाएको छ ।
नेपाल आयल निगमका अनुसार नेपाल र तारा ग्यासले बालाजुको बीएमसी कर्नर, अनामनगरको अनामनगर स्टोर र सातदोबाटोको एन.एस स्टोर, सागर र चण्डी ग्यासले जडीबुटी बिक्री डिपोबाट तथा एसटीसी ग्यासले कालीमाटीको साल्ट ट्रेडिङ कर्पोरेशन, जडिबुटी गोदाम र सतुङ्गलबा, ओम ग्यासले थलीको आदर्श स्टोर र नैकापको उत्सव खड्का स्टोरबाट, बाबा, श्री र लुम्बिनी ग्यासले कपनको भद्रा फ्युल र धुम्बाराहीको एलाइट सिल अगाडि, एचपी ग्यासले असिम किचेन एण्ड सप्लायर्स, सिद्धार्थले इमाडोलको केसी एलपी सप्लायर्स, श्रीमाया ग्यासले सतुङ्गलको डिपो र लोकप्रियले नैकापको भाञ्जा ट्रेडर्सबाट, राजधानी ग्यासले सीतापाइलामा रहेको डिपोबाट, सूर्य ग्यासले जगातीमा रहेको जोशी भिमसेन स्टोरबाट, गीता ग्यासले धुम्बाराहीको टोयटा शाे रुम अगाडिबाट, हिमाल ग्यासले भगवती वहालको प्रयास ट्रेडर्सबाट, नमस्ते ग्यासले कागेश्वरी मनहराको कुमार स्टोरबाट, भानु ग्यासले गोङ्गबुको लिला ग्यास डिपोबाट, एभरेस्ट र सुगम ग्यासले सिफलको ग्यास एण्ड अक्सिजन ट्रेडर्सबाट, श्रीराम ग्यासले हरिसिद्ध ललितपुरको श्रीराम ग्यास तथा मनोज सप्लायर्सले सानेपाको सुमन सम्राट र न्यू नविन स्टोरबाट ग्यासको अतिरिक्त बिक्री गर्नेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्