काठमाडौँ – साताको कारोबारको दोस्रो दिन सोमबार पनि सुनको मूल्य बढेको छ । आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ५ सयले बढेर प्रतितोला ७७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने स्थिर रहेर ७ सय २० रुपैयाँमै कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमाबर प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।