
यता चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला ८ सय २० रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य आज ३० रुपैयाँले घटेर प्रतितोला ७ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ६६ हजार १५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ७७ रुपैयाँ ५ पैसा कायम गरेको छ ।