वीरगन्ज । विश्वव्यापी कोरोना त्रास भएका बेला भारतले भने हेपाहा प्रवृति देखाउन छोडेको छैन । यसको पछिल्लो उदाहरण इन्धन लिन भारत जान गएका ट्याङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकेर अवरोध गरेपछि चार घन्टापछि मात्र भारत प्रवेश गर्नुबाट प्रमाणित भएको छ । भारतको रक्सौलस्थित आइओसीको डिपोमा पेट्रोल र डिजेल भर्न गएका ट्याङकरलाई सुरक्षाकर्मीले भारत प्रवेशमा अवरोध गरेका हुन्।
मङगलबार बिहान वीरगन्ज नाकाहुँदै भारत जान लागेका ४० टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकि दिएका थिए। इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर पाएर नेपाल आयल निगमले पहल गरेपछि भने नाकामा रोकिएका इन्धनका टयाङकर ४ घण्टा पछि मात्रै भारत प्रवेश गर्न दिइएको हो। त्यसअघि बिहान टयाङकर रोकिएको खबर पाएपछि रक्सौल नाकामा पुगेका आयल निगम वीरगन्ज शाखाका अधिकृत रन्जित कापटीको कुरा नै नसुनी भारतीय सुरक्षाकर्मीले परबाटै धपाइ दिएका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्