
मङगलबार बिहान वीरगन्ज नाकाहुँदै भारत जान लागेका ४० टयाङकर भारतीय सुरक्षाकर्मीले रक्सौल नाकामै रोकि दिएका थिए। इन्धन भर्न गएका खाली टयाङकर भारतीय नाकामा रोकिएको खबर पाएर नेपाल आयल निगमले पहल गरेपछि भने नाकामा रोकिएका इन्धनका टयाङकर ४ घण्टा पछि मात्रै भारत प्रवेश गर्न दिइएको हो। त्यसअघि बिहान टयाङकर रोकिएको खबर पाएपछि रक्सौल नाकामा पुगेका आयल निगम वीरगन्ज शाखाका अधिकृत रन्जित कापटीको कुरा नै नसुनी भारतीय सुरक्षाकर्मीले परबाटै धपाइ दिएका थिए ।