Skip to content
LAXMI SUNRISE BANK

चैत्र १९ गतेदेखि हेलिकप्टर सेवा बन्द !

अर्थ सरोकार

काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले चैत्र १९ गतेदेखि हेलिकप्टर सेवा बन्द गर्ने भएको छ । संघले यात्रुहरु नभएको जनाउँदै यसअघि प्रतिवद्धता जनाएको उडान मात्र उडान गर्ने र सबै हेलिकप्टरहरु ग्राउण्डेट (भूमिस्थ) गरिने जनाएको छ । चैत ६ गते बसेको संघको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको संघका प्रवक्ता याेगराज कँडेलले बताए । 
संघले कोरोना भाइरसको कारण हवाई सेवा प्रदायक कम्पनीहरुलाई ठूलो क्षति भएको जनाउँदै हवाई कम्पनीहरुलाई भ्याट, आयकर, टीडीएस, बैंकको व्याज, बीमा शुल्क, ल्याण्डिङ शुल्क, पार्किङ, रात्री विसान शुल्कमा छुट दिनुपर्ने माग गरेका छन् । साथै स्वदेशी तथा विदेशी बैंकबाट लिएको कर्जाको कम्तिमा एक वर्षको व्याज मिनाह गर्नुपर्ने, एक वर्षलाई कर्जाको किस्ता स्थगित गर्नुपर्ने, ऋण पुर्नतालिकीकरण गर्नुपर्ने जनाएको छ । 
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK