
एजेन्सी । भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनको संख्या ३५ पुगेको छ । सोमबार ४ जनाको मृत्यु भएसँगै भारतमा मर्नेको संख्या ३५ पुगेको हो । सोमबार मध्यप्रदेश, गुजरात, महाराष्ट्र र पश्चिम बंगालमा १–१ जनाको मृत्यु भएको छ । महाराष्ट्रको पुनेमा ५२ वर्षीय पुरुषको मृत्यु भएको छ भने गुजरातको भावनगरमा ४५ वर्षीय महिलाको मृत्यु भएको छ ।
उनीहरुको सोमबार कोरोनाका कारण मृत्युको पुष्टि भएको जनाइएको छ । योसँगै गुजरातमा मर्नेको संख्या ६ पुगेको छ । त्यस्तै,आजै मध्यप्रदेशमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ । मध्यप्रदेशमा योसहित मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
त्यस्तै पश्चिम बंगालको दार्जिलिङमा ५४ वर्षीया महिलाको मृत्यु भएको जनाइएको छ । ती महिला भर्खरै चेन्नईबाट उपचार गरेर फर्किएकी थिइन् । पश्चिम बंगालमा योसहित अहिलेसम्म मृत्यु हुनेको संख्या २ पुगेको छ । कोरोना संक्रमणका कारण भारतमा अहिलेसम्म सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्