
काठमाडौं -कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ५ हजार ४७६ पुगेको छ । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ हजार नाघिसकेको छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस अहिले इटाली सबैभन्दा धेरै प्रवाभित बनेको छ । मिटर्स डट इन्फोका अनुसार इटालीमा अहिले यस देशमा ५९ हजार १३८ जनामा कोरोनाको संक्रमण भएको छ । तीमध्ये ७ हजार ७०३ जना पूर्ण रुपमा निको भएका छन् । संक्रमितमध्ये ३ हजारको अवस्था गम्भीर रहेको छ । इटालीमा गत बुधबार ४७५, बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको ज्यान गएको थियो । इटालीमा पछिल्लो २४ घण्टामा मात्रै ६५१ जनाको मृत्यु भएको छ भने ५ हजार ५६० जना नयाँ संक्रमित भेटिएका छन् ।
कोरोना भाइरस विश्वका १९० भन्दा बढी देशमा फैलिसकेको छ भएन विश्वभर ३ लाख ३७ हजार ३ सय जना कोरोनाबाट संक्रमित भएका छन् । सङ्क्रमितमध्ये ९८ हजार ६२७ उपचारपछि घर फर्किएका छन् । अहिले २ लाख २४ हजार ३२ जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये १० हजार ५५३ जना भने गम्भीर अवस्थामा छन् ।
यस्तै चीनमा ३ हजार २७० जनाको कोरोनाबाट ज्यान गएको छ ।चीनमा अहिलेसम्म कुल ८१ हजार ९३ जनामा कोरोनाको संक्रमण देखिए पनि अहिले ५ हजार १२० जनामा मात्रै कोरोनाको संक्रमण छ । ७२ हजार ४४० भने पूर्ण रुपमा निको भइसकेको वर्ल्डो मिटर्स डट इन्फोले जनाएको छ । पछिल्लो समय युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।
यता अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा संक्रमण देखा परेको र ४१९ जनाको मृत्यु भएको छ । स्पेनमा सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या एक हजार ७ सय ७२ पुगेको छ । आइतबार इटालीपछि स्पेनमा सबैभन्दा बढी ३ सय ९१ को मृत्यु भएको छ । स्पेनमा आइतबार ३ हजार २ सय ७२ संक्रमित थपिएका छन् । यो सँगै स्पेनमा संक्रमित हुनेको जम्मा संख्या २८ हजार ७६८ पुगेको छ ।
इरानमा अहिलेसम्म १ हजार ६८५ मृत्यु भएको छ भने २१ हजार ६ सयभन्दा बढी संक्रमित भएका छन् । आइतबार मात्रै इरानमा थप १२९ जनाको मृत्यु भएको छ भने १ हजार २८ जना थप संक्रमित भेटिएका छन् ।त्यस्तै फ्रान्समा पनि आइतबार मात्रै थप ११२ जनाको मृत्यु भएको छ भने एक हजार ५ सय ५९ जनामा संक्रमण देखिएको छ । फ्रान्समा अहिलेसम्म मृत्यु हुनेको संख्या ६ सय ७४ पुगेको छ भने संक्रमितको संख्या १६ हजार १८ जना संक्रमित भएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्