
काठमाडौं – कोरोना संक्रमण (कोभिड-१९)बाट एकै दिन ३५ सय भन्दा बढीले ज्यान गुमाएका छन्। विगत २४ घण्टामा विश्वभर ज्यान गुमाउनेको संख्या ३५ सय ७ जना रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। सबैभन्दा धेरै इटालीमा एकै दिन आठ सय ८९ जनाको मृत्यु भएको छ। स्पेनमा एकै दिन ८ सय ४४ जना मृतक थपिएका छन्। हालसम्म इटालीमा मृत्यु हुनेको संख्या १० हजार ३ पुगेको छ भने स्पेनमा पाँच हजार ९ सय ४७ जनाले ज्यान गुमाएका छन्।
अमेरिकामा ५ सय १५ थपिएर मृतकको संख्या २ सय १२ पुगेको छ अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार ४ सय २८ पुगेको छ। यो सँगै विश्वभरमा ज्यान गुमाउनेको संख्या ३० हजार ८ सय ५१ पुगेको छ। विश्वभर ६ लाख ६२ हजार ९ सय ६७ जनालाई कोरोना संक्रमण भइसकेको छ। त्यस्तै, १ लाख ४१ हजार ९ सय ५३ जना उपचारपछि निको भइसकेका छन् । -एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्