×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : कञ्चनपुरमा आज राति १२ बजेबाट कर्फ्यू लगाइने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

कोरोना प्रभाव : कञ्चनपुरमा आज राति १२ बजेबाट कर्फ्यू लगाइने

Artha Sarokar

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कञ्चनपुर – कञ्चनपुरमा आइतबार (आज)राती १२ बजेबाट कर्फ्यू लगाइने भएको छ । जिल्लामा कोरोना भाइरसको संक्रमण भित्रिन नदिन जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर अनिश्चितकालीन ‘कर्फ्यू’ लगाउने भएको हो । कोरोना भाइरसको उच्च सतर्कताका लागि आज राति १२ बजेबाट कर्फ्यू लगाउने निर्णय भएको कञ्चनपुर जिल्ला प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले जानकारी दिए । 
उनका अनुसार सुरक्षा समितिको आइतबारको बैठकले कर्फ्यू लगाउने निर्णय गरेको हो । बैठकले भारतसँगको गड्डाचौकी नाका पनि मंगलबार बिहान ७ बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको हो । कर्फ्यू कहिलेसम्मको लागी हो भन्ने विषय चाँही अहिले स्पष्ट नभएको प्रमुख  खतिवडाले जानकारी दिए । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी