×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी

PRIME CA
GLOBAL IME BANK

कोरोनाको त्रास : रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गर्ने सरकारको तयारी

३ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन र फैलिन नदिन व्यवस्था मिलाउने सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्या र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलका मन्त्रिस्तरको संयुक्त बैठकले सो निर्णय गरेको हो । 
गत फागुन ३० गतेको उक्त बैठकले रोकथाम र नियन्त्रणका लागि जनचेतना र निगरानीमा सघाउन चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको संयोजकत्वमा समितिसमेत गठन गरिएको शिक्षा मन्त्रालयले जनाएको छ । स्वयंसेवक परिचालनका लागि सबै स्थानीय तह र शैक्षिक संस्थामा पत्राचार शुरु गरिएको छ । ती तहमा स्वयंसेवक टोली गठन गरी परिचालन गर्न निर्देशन दिइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: