Skip to content
LAXMI SUNRISE BANK

कोरोनाको कहर : नेपालसहित १४ देशका नागरिक कतार जान नपाउने (नामावलीसहित)

अर्थ सरोकार

काठमाडौँ – कतारले विभिन्न १४ देशका नागरिकलाई अस्थाई प्रतिबन्ध लगाएको छ । विश्वभर कोरोना संक्रमण फैलने क्रम जारी रहेसंगै कतारले यस्तो गरेको हो। कतारले नेपाल सहित १४ देशक नागरिकलाई अर्को सूचना जारी नभएसम्म आफ्नो देश प्रवेश गर्न नपाउने जनाएको हो ।
कतारले जारी गरेको सूचना अनुसार चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिक कतार जान पाउने छैनन् । यो नियम मार्च ९ देखि लागु हुने कतारले जनाएको छ । यस्तै कतारले इटाली जाने र इटालीबाट आउने सम्पूर्ण विमानमा पनि रोक लगाएको छ। 
कतारमा हालसम्म १५ जनालाई संक्रमण भएको पुष्टि भएको बताइएको छ। चीनको बुहानबाट फैलिएको यो भाइरस अहिले विश्वका अधिकांश स्थानमा फैलिसकेको छ। केहि स्थानमा अझै फैलिने क्रममा रहेको छ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK