×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको कहर : मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो, संक्रमित कति ?

PRIME CA

कोरोनाको कहर : मृत्यु हुनेको संख्या १३ हजार नाघ्यो, संक्रमित कति ?

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – विश्वमा महारामारीको रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसका कारण हालसम्म मुत्यु हुनेको संख्या १३ हजार बढी पुगेको छ । १८८ मुलुकमा देखा परिसकेको छ ।  ३ लाख ४ हजार ९ सय ९९ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ । ९४ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन् । कोरोना भाइरस संक्रमण चीनबाट सन् २०१९ को डिसेम्बरमा शुरू भएपनि अहिले युरोप यसको केन्द्रबिन्दु बनेको छ ।
सबैभन्दा धेरै मानिसको मृत्यु इटलीमा गएको छ । थप ७ सय ९३ जनाको मृत्यु भएपछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । बुढ्यौली जनसंख्या बढी रहेको इटालीमा दैनिक मृत्युदर निकै कहालीलाग्दो अवस्थामा रहेको छ । हाल ५३ हजार ५ सय ७८ जना सङक्रमित रहेको इटालीमा ६ हजार ७२ जना उपचारपछि घर फर्किएका छन् ।
मध्यपूर्वका राष्ट्रहरुमध्ये इरानमा कोरोना भाइरसको सङ्क्रमण सबैभन्दा डरलाग्दो अवस्थामा छ । यहाँ कोरोनाकै कारण १ हजार ५ सय ५६ व्यक्तिको मृत्यु भइसकेको छ भने २० हजार ६ सय १० जना संक्रमित छन् ।
स्पेनमा थप २ सय ८५ जनाको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या कारण १ हजार ३ सय ७८ पुगेको छ ।संक्रमितको संख्या पनि बढेर २५ हजार ४ सय ९६ पुगेको छ । जर्मनीमा ८४ जनाको मृत्यु भएको छ भने २२ हजार ३ सय ६४ जना संक्रमित छन् ।अमेरिकामा ३ सय २ जनाको मृत्यु भएको छ भने २४ हजार २ सय १८ जना सङक्रमित छन् । फ्रान्समा ५ सय ६२ जनाको मृत्यु भएको छ ।
१४ हजार ४ सय ५९ जना सङक्रमित छन् । दक्षिण कोरियामा कोरोनाका कारण १०२ जनाको मृत्यु भएको छ भने ८ हजार ७ सय ९९ जना संक्रमित छन् ।दक्षिण एसियाली मुलुकहरु भारतमा ५ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या बढेर ३ सय ३२ पुगेको छ । श्रीलङ्कामा ७७, अफगानिस्तानमा २४, बङ्गलादेशमा २४, माल्दिभ्समा १३ र भुटानमा २ जना संक्रमित देखिएका छन् । नेपालमा भने हालसम्म एक व्यक्तिमा कोरोना संक्रमणको आशंका गरिए पनि उनी उपचारपछि घर फर्किसकेका छन् र नयाँ संक्रमित व्यक्ति भेटिएका छैनन् । – एजेन्सी
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: