×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबारसम्म कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, हेर्नुहोस् कसले कति जम्मा गरे ?

GLOBAL IME BANK

आइतबारसम्म कोरोना कोषमा १७ करोड ४२ लाख जम्मा, हेर्नुहोस् कसले कति जम्मा गरे ?

१७ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा १७ करोड ४२ लाख रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार आइतबार अर्थात् चैत्र १६ गते साँझ ५ बजेसम्म १७ करोड ४२ लाख ४१ हजार जम्मा भएको जनाएको छ । 
उक्त कोषमा नाम नखुलेका तथा एक लाख रुपियाँभन्दा कम सहयोग गर्ने विभिन्न संघसंस्थाबाट करिब १२ लाख ६६ हजार रुपैयाँ जम्मा भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई महिना, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले एक महिनाको तलब बराबरको रकमसहित उक्त कोषमा २० करोड रुपियाँ कोषमा आउने क्रममा रहेको प्रधानमन्त्री कार्यालयका प्रवक्ता राजेन्द्र कुमार पौडेलले बताए । 
सरकारले चैत ९ गते उक्त कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो । सरकारको यस्तो आह्वानलाइ ध्यानमा राख्दै सांसद, कर्मचारी, उद्योगी लगायत राजपत्राङ्कित विशिष्ट र प्रथम श्रेणीका कर्मचारीले सात दिनको, राजपत्राङ्कित द्वितीय र तृतीय श्रेणीका कर्मचारीले पाँच दिनको र राजपत्र अनङ्कित र श्रेणीविहीन कर्मचारीले तीनको तलब बराबरको तलब कोषमा जम्मा गर्ने भएका छन् । यस्तै कोषमा सरकारले ५० करोड रुपियाँ राख्नेछ। 
हेर्नुहोस्, कोषमा  कसले कति जम्मा गरे ?
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: