×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न सरकारले गर्यो १५ निर्णय, हेर्नुहोस के गर्ने के नगर्ने ? (निर्णयसहित)

PRIME CA
GLOBAL IME BANK

कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न सरकारले गर्यो १५ निर्णय, हेर्नुहोस के गर्ने के नगर्ने ? (निर्णयसहित)

५ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण गर्न १५ निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा कोरोना संक्रमण, रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार विभिन्न १५ निर्णयहरु गरेको हो । 
सरकारले सिनेमा हल, सांस्कृतिक केन्द्रहरु, रंगशाला, जिम, हेल्थ क्लब, म्युजियम लगायतका मनोरञ्‍जन स्थल बन्द गर्ने निर्णय गरेको छ । साथै होटल, रेष्टुरेन्ट तथा सपिङ्ग मलमा मालिकहरुलाई हात सफा गर्ने स्यानिटाइजर लगायत सफाइका सामग्रीको प्रबन्ध गरी टेबल, कुर्सी, बार–रेलिङ र शौचालय आदि स्थानमा नियमित रुपमा डिसइन्फेक्सन गर्न लगाउन पनि भनेको छ । यस्तै  धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय समेत गरेको छ भने बैंठकले सिट क्षमता भन्दा बढी यात्रु नबोक्न सार्वजनिक यातायातलाई आग्रह गरेको छ । 
साथै कोरोना प्रभावित ५५ देशबाट नेपाल आउन पनि रोक लगाएको छ । जसमा युरोपका सबै देश समेटिएका छन् । साथै सरकारले अत्यावश्यक कामबाहेक अन्य समयमा घरबाहिर ननिस्कन आम नेपाली नागरिकहरुलाई आग्रह गरेको छ । 

हेर्नुहोस, सरकारले गरेका १५ निर्णय जस्ताको तस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: