×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : औद्योगिक सर्वेक्षण स्थगित !

LAXMI SUNRISE BANK

कोरोना प्रभाव : औद्योगिक सर्वेक्षण स्थगित !

१८ चैत्र २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोरोना भाइरसका कारण राष्ट्रिय औद्योगिक सर्वेक्षण २०७६ तथ्याङक सङ्कलन कार्य स्थागित भएको छ । जिल्ला तथ्याङ्क कार्यालय मकवानपुर हेटौँडाद्वारा धादिङ र मकवानपुरमा फागुन महिनादेखि शुरु भएको औद्योगिक सर्वेक्षण काम प्रभावित भएको बताइएको छ । कार्यालय प्रमुख राजेश दासका अनुसार मकवानपुर र धादिङ जिल्लामा रहेको औद्योगिकको सर्वेक्षण यही फागुनबाट शुरु भई २०७७ वैशाखसम्म पूरा गर्नुपर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण स्थगित गर्नु परेको बताइएको छ । 
प्रत्येक दश वर्षमा औद्योगिक सर्वेक्षण हुने गरेको छ । सर्वेक्षणका लागि मकवानपुर र धादिङमा पाँचजना कर्मचारी खटाइएको थियो । नेपालमा औद्योगिक सर्वेक्षण २०२२ मा शुरु भएको सो कार्यालयले जनाएको छ । त्यस्तै सो कार्यालयद्वारा शुरु भएको नमूना जनगणना पनि स्थगित भएको छ । आगामी २०७८ मा हुने जनगणनाको नमूना जनगणना शुरु भएको थियो । सो नमूना जनगणना यही चैत मसान्तमा पूरा गर्नुपर्ने थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी