Skip to content
LAXMI SUNRISE BANK

कोरोनो भाइरस अपडेट : मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो, कति सङ्क्रमित ?

अर्थ सरोकार

काठमाडौं । चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ४ हजार भन्दा बढी व्यक्तिको ज्यान गएको छ । यो क्रम अझै बढ्दोनै रहेको छ। 
उक्त भाइरस अहिले ११५ देशमा फैलिसकेको छ। कोरोनाका २३ देशका विरामीको मृत्यु भएको भइसकेको छ।चीनमा सबैभन्दा बढी ३ हजार १३६ जनाको ज्यान गएको छ । यस्तै एक लाख १४ हजार ४२२ जनामा कोरोनाको संक्रमण देखिएको छ। तर उनीहरू मध्ये ६४ हजार ८१ जना निको भइसकेका छन् । त्यसमध्ये ५ हजार ७७१ जनाको अवस्था गम्भिर रहेको छ।
यस्तै विश्व स्वास्थ्य सङ्गठनले फागुन २५ गते (आइतबार) बिहान दिएको तथ्याङ्क अनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको थियो। विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन हजार ५९५ व्यक्तिको मृत्यु भएको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK