
भक्तपुर । भक्तपुर नगरपालिकाले लकडाउनमा कडाइ गर्नका लागि घरबाट बाहिर निस्कन पासको व्यवस्था गरेको छ । लकडाउनका बेला अत्यावश्यक कार्यका लागि एक घरबाट एक जना मात्र बाहिर निस्कन सकिने गरी अनुमति पत्र वितरण गरिएको हो । वडा अध्यक्षसहितको टोलीले घरघर गएर अनुमति पत्र वितरण गर्ने कार्य भइरहेको छ। अनुमती बिना हिँडडुल गर्नेलाई प्रहरीले कारबाही गर्ने भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताए ।
यस्तै, लकडाउनको समयावधिमा धेरै भिड भएको स्थानमा तरकारी बजार सञ्चालन गर्न पनि प्रतिबन्ध लगाइएको उनले बताए । जस अनरुप चैत्र १९ गतेदेखि लागू हुनेगरी दत्तात्रय चोकदेखि वंशगोपालसम्मको मूल सडक र चोकमा तरकारी बजार राख्न पूर्ण निषेध गरिएको छ । प्रजापतिले भने, ‘तरकारी किन्न पनि मानिसहरु एउटा वडाबाट अर्को वडा जाने गरेको पाइयो । अब त्यो हुने छैन । प्रत्येक वडामा सबैलाई पायक पर्ने गरेर तरकारी बजार संचालनमा ल्याइनेछ। अनुमती पत्र भएकाले मात्रै घरबाट बाहिर निस्किएर तरकारी वा अन्य अत्यावश्यक सामान किन्न पाउनेछन्।’
नगरपालिकाले नगरभित्रका वडामा १० स्थानमा तरकारी बजार संचालन गर्ने निर्णय गरेको छ। यस्तै, बिहान फोहोर उठाउने गाडी समेत परिचालन गरिरहेको छ। प्रमुख प्रजापतिले भाइरसबाट बच्न हाललाई घर बाहिन निस्कनु नै उत्तम उपाय रहेकोले लकडाउन अवधिभर घरभित्रै बसेर सहयोग गर्न नगरवासीलाई आग्रह गरेका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्