×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

उपमेयर हुन् त यस्तो : पोखराकी उपमेयर गुरूङले गरिन् भाडावालहरुसँग एक महिनाको भाडा नलिने घोषणा !

PRIME CA

उपमेयर हुन् त यस्तो : पोखराकी उपमेयर गुरूङले गरिन् भाडावालहरुसँग एक महिनाको भाडा नलिने घोषणा !

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

पोखरा । पोखरा महानगरपालिकाकी उपमेयरले मञ्जुदेवी गुरूङले भाडावालहरुसँग एक महिनाको भाडा नलिने भएकी छिन् । उपमेयर गुरूङले कोरोना भाइरस (कोरोना भाइरस)को सन्त्रासले व्यापार व्यवसाय ठप्प भएपछि यस्तो घोषणा गरेकी हुन् । पोखरा वडा नम्वर ६ जरेबरमा उपमेयर गुरूङको जग्गामा रहेको रेस्टुरेन्टलाई चैत महिनाको भाडा मिनाहा गर्ने भएकी हुन् । उपमेयर गुरूङले मासिक ६५ हजार रुपैयाँमा जग्गा भाडामा दिएकी छन् । ‘यस्तो बेलामा एकले अर्कालाई साथ, सहयोग र सहुलियत दिइएन भने मानवता रहन्न’ उपमेयर गुरूङले भनिन् त्यसकारण १ महिनाको भाडा नलिने भएकि हुँ ।’ 
यता बुद्ध विशाल बजार व्यापारिक एसोसियसन पोखराले पनि व्यवसायमा मन्दी आएपछि घरभाडामा विशेष छुट दिन अनुरोध गरेको छ । एसोसिएसनका अध्यक्ष केशव बहादुर खत्रीको अध्यक्षतामा बसेको आकस्मिक बैठकले कम्तीमा एक महिनाको घरभाडा छुट गर्न घरधनी तथा कम्पनीलाई आग्रह गरेको हो । कोरोना समस्याले व्यवसायमा देखिएको मन्दीले सम्पूर्ण व्यवसायीलाई ठुलो समस्या परेको भन्दै हाल त्रैमासिक बैंक व्याज तिर्ने बेलामा समस्या भएको संघको ठहर छ । बैंक ब्याज कम्तीमा ४५ दिन पछाडि तिर्न मिल्ने वातावरण बनाइदिन नेपाल सरकार तथा सम्वन्धित निकायलाई एसोसिएसनले आग्रह गरेको छ ।
यतिबेला सरकारले अत्यावश्यकबाहेकका काममा घर बाहिर नजान आग्रह गरेको छ भने २५ जनाभन्दा बढी भीडभाड नगर्न पनि आग्रह छ । दोहोरी, क्बल, गजल, डिस्को, ठूला रेस्टुरेन्टहरू बन्द छन् भने होटल तथा रेस्टुरेन्ट पनि ठप्प हुन थालेपछि तरकारी तथा फलफूलको व्यवसायमा पनि मन्दी आएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: