
काठमाडौं । काठमाडौंको नयाँ बसपार्कबाट लामो दुरीमा छुटने सावारी साधानमा यात्रा गर्ने यात्रुहरुलाई निशुल्क मास्क वितरण गरिएको छ । यातायात व्यवसायी राष्ट्रिय महासंघले कोरोना भाइरस (कोभिड–१९)को जोखिमलाई ध्यान दिएर मास्क वितरण गरेको हो । सरकारले चैत १० गते सोमबार देखि लामो दुरीका सवारी साधन चल्न नदिने भएपछि उपत्यका छाडेर घर फर्कनेहरुको भिड बढेको छ ।
भिड बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम बढेको र त्यसलाई न्यूनिकरण गर्न निशुल्क मास्क वितरण गरिएको महासंघका महासचिव सरोज सिटौलाले बताउनुभयो । उहाँले सरकारसँग आग्रह गरेर मास्कको व्यवस्थापन गरी बसका चालक, सहचालक र यात्रुलाई मास्क वितरण गरिएको बताउनुभयो ।
कोरोना भाइरसको संक्रमण उपत्यकामा बढ्न सक्ने आशंकासँगै घरजानेको संख्या बढेको हो । भिडभाडमा नजान सरकारले आग्रह गरेपनि घर फर्कनका लागि काठमाडौंको बसपार्क र कलंकी क्षेत्रमा भिड लागेको छ । शनिवार साँझ सम्म करिब १ लाख ५० हजार मानिसहरुले उपत्यका छाडेका छन् । हेर्नुहोस् भिडियो :
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्