Skip to content
LAXMI SUNRISE BANK

‘गौरिफन्टा नाकामा हजारौँ अलपत्र भए सुदुरपश्चिमेली जनतालाई न्याय देउ सरकार !’

अर्थ सरोकार

धनगढी । गौरीफन्टा नाकामा सयौ नेपालीहरु अलपत्र परेका छन् । भारतवाट आएका उनीहरु नेपाल प्रवेश गर्न पाउनुपर्ने माग गर्दै नारावाजि सहित प्रवेशको प्रयास गरिरहेका छन् । नेपाली सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्न थालेका छन्। उनीहरु दशगजना क्षेत्रबाट नेपाली भुमीमा प्रवेश गरिरहेको बताइएको छ । 
नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनीहरलाई रोक्ने प्रयास गरिरहेको छ। सरकारको निर्णय कार्यन्वयन गर्दै उनिहरुलाई संयमताका साथ त्यहि रोकीराखीएको छ । परिस्थिती बारे माथिल्लो निकायमा खबर गरेको र निर्णय र्पखाइमा रहेको शसस्त्र प्रहरी सिमा सुरक्षा गण धनगढीका प्रमुख प्रहरी उपरिक्षक कमल तिमिल्सेनाले बताउनुभयो । 
संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेपनि आज विहानैदेखि लकडाउन गरिएपछि सीमामा पुगेका नेपालीहरुलाई प्रवेशमा रोक लगाईएको थियो।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK