Skip to content
LAXMI SUNRISE BANK

नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघ दोस्रो वर्षमा प्रवेश, पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

अर्थ सरोकार

काठमाडौं – नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघको पहिलो वार्षिकोत्सव सम्पन्न भएको छ । महासंघका सल्लाहकार तथा पुर्व मन्त्री माननीय जितु गौतमको प्रमुख आतिथ्यता महासंघको पहिलो वार्षिकोत्सव भब्य समारोहका बीच  सम्पन्न भएको हो । कार्यक्रमको अध्यक्षता महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठले गरेका थिए भने  कार्यक्रममा व्यवसायीहरुको हक, हित र व्यवसाय प्रवद्धनका विषयमा छलफल भएको थियो ।

आयोजित कार्यक्रममा महासंघका सल्लाहकार तथा नेपाल सरकार अनुगमन तथा मुल्यांकन समितिका सभापति माननीय निरादेबी जैरु, नेपाल उद्योग बाणिज्य महासंघ उपाध्यक्ष तथा बस्तुगत सभापति उमेश लाल श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय सदस्य जय शिवाकोटी, आकाश अधिकारी, रबिन श्रेष्ठ, नेपाल फुट वेयर एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद फुयाल, कानुनी सल्लाहकार डेकेन्द्र सुवेदीलगाययतको उपस्थिती रहेको थियो ।

प्रथम स्थापना दिवसको अवसरमा महासंघका सस्थापक सात जिल्लाहरु उदयपुर, महोत्तरी ,सिन्धुली ,कास्की, बाके, जाजरकोट र कैलालीलाई सम्मान गरिएको महासंघका बागमति प्रदेश सचिव राज कार्कीले जानकारी दिए । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK