काठमाडौँ – नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले मानव सेवा आश्रमलाई मास्क,सेनेटाइजर, साबुन, तेल तथा खाद्यान्नलगायतका वस्तु वितरण गरेको छ । महासंघले शनिबार गंगबुमा रहेको मानव सेवा आश्रमका वृद्धवृद्धाहरुलाई एक कार्यक्रमकाबीच उक्त वस्तु वितरण गरेको हो ।
आश्रममा विभिन्न वस्तु हस्तान्तरण गर्दै महासंघले अहिले माहामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)बाट सुरक्षित हुने उपायको बारेमा जानकारी दिएको थियो । साथै हात राम्रोसंग धोएर सेनेटाइजर लगाउने तरिका सिकाउदै मास्क वितरण गरिएको महासंघले जनाएको छ ।
आयोजित कार्यक्रममा महासंघका अध्यक्ष राम कृष्ण श्रेष्ठ ,केन्द्रिय सदस्य तथा बागमती प्रदेश सचिब राज कार्की, केन्द्रिय सदस्य राम प्यारा छिनाल, प्रदेश सदस्य बिनोद छिनाल , युवा ब्यवसायिहरु कमल कार्की र भक्त नेपालीको उपस्थिति रहेको थियो ।
साथै नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले एक विज्ञप्ति जारी गर्दै हरेक जिल्लामा रहेका संघलाई नि: शुल्क मास्क वितरण गर्ने कार्य गरी सहयोग गर्न अपिल पनि गरेको छ । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्