
काठमाडौं – सरकारले स्थापना फरेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम कोषमा नेपाल निर्माण व्यवसायी महासंघले एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ । निर्माण व्यवसाय विकास परिषद् अन्तर्गत निर्माण व्यवसायी कोषको तर्फबाट कोभिड-१९ को बढ्दो संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोषमा एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय भएको महासंघका महासचिव रोशन दाहालले बताएका हुन् ।
यस्तै महासंघले चैत १८ गतेसम्म मुलुक लकडाउन गर्ने सरकारको निर्णयको महासंघले स्वागत गरेको छ । महासचिव दाहालले सरकारी निर्णयमा सहयोग गर्न सरोकारवाला सबै समक्ष आग्रह पनि गरेका छन्।
साथै लकडाउनको अवधिमा निर्माण व्यवसायी सदस्यहरुलाई निर्माण कार्य बन्द गर्न र प्रदेश महासंघ, जिल्ला संघ, वस्तुगत संघहरु र एशोसिएट सदस्यहरुले आ-आफ्नो सचिवालय सरकारको निर्देशन अनुसार बन्द गर्न पनि निर्देशन दिएको महासंघले जनाएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्