
काठमाडौं । लक डाउनका बेला खाना पकाउने ग्याँस सिलिन्डर बोकेका सर्वसाधारणलाई कारवाही गर्ने आफ्ना संगठनका कर्मचारी माथि नेपाल प्रहरीले छानविन सुरु गरेको छ । सामाजिक सञ्जालमा प्रहरी कर्मचारीले सर्वसाधारणलाई ग्याँसको सिलिण्डर बोकाएर सडकमा बसाएको तस्बिर भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले यसलाई गम्भिरताका साथ लिएको जनाएको हो । प्रहरी प्रधान कार्यालयले यसबारे आवश्यक छानबिन भइरहेको जानकारी गराएको छ ।
सामाजिक संजालमा भाइरल भएको तस्विरमा एक युवा ग्याँस सिलिन्डर लिएर बाइकमा आएको देखिन्छ । तर लकडाउन अवधिको उल्लघन गरेको भन्दै ड्युटीमा खटिएका प्रहरी कर्मचारीले ति युवालाई ग्याँस काँधमा हालेर बोक्न लगाई सडक मै बस्न लगाएर कारवाही गरेको देख्न सकिन्छ ।
तस्विरमा ति युवाको बाइक पनि देखिन्छ भने उनले हेल्मेट पनि लगाई रहेका छन् । अत्यावश्यक सामग्रीको जोहो गर्दा समेत कारवाही गरेको भन्दै प्रहरीको सामाजिक सञ्जालमा ब्यापक आलोचना भईरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्