
काठमाडौं । अबदेखि सुनचाँदीजस्ता बहुमूल्य वस्तुहरू बैंक तथा वित्तीय संस्थामा निक्षेपमा राख्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार एक निर्देशिका जारी गर्दै यस्तो व्यवस्था गरेको हो । चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीतिमासमेत समेटिएको सुनचाँदी निक्षेप योजना कार्यान्वयनको लागि राष्ट्र बैंकले कार्यविधि बनाएसँगै सुन निक्षेपको रुपमा राख्न सकिने भएको हो। राष्ट्र बैंकको ल्याएको उक्त निर्देशिका अनुसार सुनचाँदी निक्षेप राखेर ब्याज पाइने भएको छ ।
केन्द्रिय बैंकले यसअघि जारी गरेको एकिकृत निर्देशिका २०७६ को निर्देशन बमोजिम ४८ नं बुदा थप गरी यस्तो व्यवस्था गरेको हो।
वाणिज्य बैंकहरुले सुनलाई निक्षेपको रुपमा लिँदा नीति तथा विस्तृत कार्यविधि बनाई संचालक समितिबाट पारित गराई लागु गर्नुपर्नेछ । यसरी सुन निक्षेप स्वीकार्ने भएका यस बैंकमा सो निर्णय भएको सात कार्य दिनभित्र जानकारी गराउनुपर्नेछ । साथै बैंकले कुन शाखाबाट सुन स्वीकार गरिएको हो सो समेत तोकेर सूचना प्रकाशित गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
हालसम्म बैंकहरुले नगद रकमलाई मात्रै निक्षेपका रुपमा जम्मा गर्दै आएका छन्।




Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्