Skip to content
LAXMI SUNRISE BANK

कोरोना प्रभाव : सेयर कारोबार बन्द नगरे नेप्सेविरुद्ध मुद्धा हाल्ने लगानीकर्ताको चेतावनी !

अर्थ सरोकार

काठमाडौँ – सेयर कारोबार बन्द नगरे नेपाल स्टक एक्सचेन्ज (नेप्से)विरुद्ध कानुनी उपचारमा जाने सेयर बजारका लगानीकर्ताहरुले चेतावनी दिएका छन् । विश्वभर त्रासक रुपमा फैलिएको कोरोना भाइरसको प्रभाव  नेपालमा पनि पर्न सक्ने सम्भावनालाई मध्य नजर गर्दै सरकारले उक्त संक्रमणबाट जोगिन अत्यावश्यक सेवा बाहेकका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको तर नेप्सेले अनलाइन सेयर कारोबार खुल्ला गर्न लागेका भन्दै लगानीकर्ताले त्यसको विरोध गरेका हुन् ।
सेयर बजारका लगानीकर्ताहरुले हाल १ प्रतिशत लगानीकर्ता मात्रै अनलाइन सेयर कारोबारमा संलग्न रहेकाले उनीरुको हितलाई ध्यानमा राखेर नेप्सेले ९९ प्रतिशत लगानीकर्तामाथी अन्याय गर्न खोजेको आरोपसमेत लगाए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK