
काठमाडौं । आइतबारदेखि सेयर कारोबार दैनिक ५ घन्टा खुल्ने भएको छ। बोर्डले नेप्सेलाई ५ घन्टा कारोबार गर्नको लागि मौखिक रुपमा भनिसकेको छ। सोहि अनुसार आइतबारदेखि १०ः ३० बजेबाट ३ः३० बजेसम्म सेयर कारोबार हुने भएको हो।
यसअघि दैनिक ४ घन्टा अर्थात ११ बजेदेखि ३ बजेसम्म कारोबार हुँदै आएको थियो । यता नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले कारोबार थप्ने विषयमा भइरहेको तयारी पूरा भएको र आइतबारदेखि सेयर कारोबारको समय एकघण्टा थपेर ५ घण्टा बनाइने बताएका हुन् ।
त्यसै अनुरुप आगामी आइतबारबाट १०ः ३० बजेबाट ३ः३० बजेसम्म अर्थात दैनिक ५ घन्टा सेयर कारोबार खुलाउनु भनेर नेप्सेमा मौखिक जानकारी आएको नेप्सेकै एक अधिकारी बताएका छन्। अब नेप्सेले धितोपत्र कारोबार सञ्चालन विनियमावली-२०७५ को कारोबार सञ्चालनको उपनियम २ मा कारोबार समय र सत्रमा बोर्डलाई जानकारी दिई आवश्यकता अनुसार हेरफेर हुनेछ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्